अब एक जिल्लाबाट अर्को जिल्लामा जाँदा पनि चौध दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्ला जाँदा र काठमाडौं उपत्यकाभित्र वा बाहिर जाँदा आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि कुनै पनि लक्षण नदेखिएमा कोरोना परीक्षणको आवश्यक नपर्ने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

नमूना संकलन गरेको ७२ घण्टापछिको पीसीआर परीक्षणको नतिजालाई आधार मानेर नेपाल प्रवेशको अनुमति दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त एन्टिजेन परीक्षण अहिले जुन आरटीपीसीआर भइरहेको छ । त्यो महँगो छ, लामो विधि छ र यो धेरै लामो समयपनि लाग्छ रिपोर्ट आउनलाई ।

यसमा चाहिँ सेन्सिटिभिटी राम्रो भएको, एन्टिजेनबेस पनि गर्ने खालको कामको लागि निर्देशिका आवश्यक पर्ने भएकाले परिमार्जनसहित हामीले स्वीकृत गर्ने निर्णय पनि गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *