काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउने निश्चत भएको छ। बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्दैछ। सोही बैठकले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्ने भएको हो।
बैठकमा कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी पनि रहेको बताइएको छ ।
घिसिङको कार्यकाल भदौ २९ गतेदेखी सकिदैछ । उनको कार्यकाल थप गर्न उर्जामन्त्री बर्षमान पुनले आज बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव पेश गर्ने स्रोतले जनाएको छ ।
सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर सामाजिक संजालमा घिसिङको समर्थन देखे पश्चात् अहिले सरकारको लोकप्रीयता कायम राख्न घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएका हुन् ।
श्रोतका अनुसार प्रधानमन्त्री ओलीले घिसिङलाई केही सर्त राख्दै नियुक्ती दिन लागेका हुन् । घिसिङ पनि प्रधानमन्त्रीको सर्त मान्दै बालुवाटारलाई आफू प्रती सकारात्मक बनाएका हुन् ।