नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई बागबजारबाट प क्रा उ गरेका अपराध महाशाखाका दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।न क्क ली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।कन्ट्याक्ट ट्रेसिङकै क्रममा लैनचौर, बौद्ध र गौशाला वृत्तमा रहेको अपराध महाशाखा युनिटका थप पाँच जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको पाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

लक्षण देखिएका केही संक्रमितलाई नेपाल प्रहरीको अस्पतालमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।पत्रकारको न क्क ली परिचयपत्र बनाएर बिक्री गरेको आ रो पमा प्रहरीले काठमाडौंको बागबजारस्थित कालिका प्रिन्टिङका ३ जनालाई यही भदौ २२ गते प क्रा उ गरेको थियो ।

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ सय नाघ्यो

चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।

संक्रमण पुष्टि हुने चितवनका सबै भरतपुर महानगरपालिकाका हुन्। उनीहरूमा २६ जना पुरुष र ५ जना महिला रहेको डा.अधिकारीले बताइन्।१२ वर्षीय बालकदेखि ५७ वर्ष उमेरकामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरूको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

नवलपुरको गैँडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।उनीहरूले भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए।त्यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।चितवनमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *