अंकितालाई रियाले बिधुवा र सौता भनेपछि अंकिताले दिईन रियालाई मुखभरिको जवाफ

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको घटना लहरो तान्दा पहरो सम्म पुगेजस्तै भएको छ । यो घटनामा प्रहरीले अहिले फरक ढंगले अनुसन्धान गरेको छ । सुशान्तको प्रेमिका भनिएकी नायीका रिया चक्रवर्तीलाई प्रहरीले १४ दिनको न्यायीक हिरासतमा राखेको छ । रिया पक्राउ परेपछि सुशान्तको पूर्व प्रेमिका अंकिता लोखण्डेपनि पनि त्यसवारे प्रतिकृया दिएकी छन् । उनले रियालाई उनको कार्मको फल भन्दै प्रतिकृया दिएकी हुन् ।

सुशान्तलाई ड्र ग्स दिइएको भन्ने कुरा खुलेपछि अंकिताले रियालाई अंकित गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् । रियालाई सुशान्तको प्रेमिका भनिएको र रियाले पनि सुशान्तको निधन पछि आफुलाई उनको प्रेमिका भनेर चिनाएकी थिइन् । त्यसैले ंअंकिताले भनेकी छन्, आफुले त्यती धेरै माया गर्छु भनेको मानिसलाई कसरी ड्र ग्स दिन सक्यौ । त्यस्तै उनले मिडिया प्रति पनि गुनासो गरेकी छन् । सुशान्तको निधन पछि आफुलाई विधवा भनिएको र रियाको सौताको रुपमा ब्याख्या गरिएको भन्दै उनले आपत्ती जनाएकी छन् ।

मिडियाले त्यसरी लेख्दा र अभिब्यक्त गर्दा पनि आफु चुप लागेर बसेको उनले बताएकी छन् । आफ्नो निकै राम्रो साथी गुमेको बेलामा सुशान्तको परिवारको साथमा रहेको र सुशान्तले न्याय पाउनुपर्छ भन्ने आफ्नो इच्छा भएको उनले बताएकी छन् । सुशान्तलाई न्याय दिलाउनकै लागि आफु उनको परिवारसंग रहेको पनि बताएकी छन् । उनले स्टाटसमा भनेकी छन् जब मेरा लागि सौता र विधवाजस्ता शब्दको प्रयोग गरियो, मैले कहिल्यै यसबारे जवाफ दिइनँ । म सन् २०१६ सम्मको सुशान्त र उनको मनोस्थितीबारे कुरा गर्नका लागि अगाडि आएकी हुँ ।’
उनले सुशान्तको निधनलाई देह त्याग वा कसैले ज्यान लिएको हो भनेर ब्याख्या नगरेको बताएकी छन् । तर उनले न्याय पाउनुपर्ने आफ्नो माग रहेको उनको भनाई छ ।

अंकिताले रियालाई इकित गर्दै भनेकी छन्, आफुले माया गर्छु भनेको ब्यक्ति डि प्रेशनमा छ भने उसलाई हौसला दिइन्छ की ड्र ग्स दिइन्छ ? डि प्रेशनमा भएको ब्यक्तिलाई त्यस्तो औषधी दिइन्छ भने कोही व्यक्ति सुशान्तजस्तै हुने गर्छन् । उनी त्यतिबेला सुशान्तको सबैभन्दा नजिक थिइन् । एकातिर उनी भनिरहेकी थिइन् कि सुशान्तको उपचारका लागि उनले सबै डाक्टरसँग समन्वय गरिरहेकी थिइन् र अर्कोतर्फ उनी सुशान्तका लागि ड्र ग्सका लागि पनि समन्वय गरिरहेकी थिइन् । ’ उनले रियाको यस्तो ब्यवहारलाई लापरवाह भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *