डा. केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सारियो

काठमाडौं, ६ असोज । नेपालगञ्जबाट काठमाडौं आउनुभएका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सारिएको छ ।

मंगलबार अनसनकै क्रममा काठमाडौं आउनुभएका डा. केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएसँगै राष्ट्रिय ट्रमा सेन्टरबाट शिक्षण अस्पताल सारिएको हो ।

डा. केसीले विमानस्थलबाटै शिक्षण अस्पताल आउन खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएको थियो । डा. केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको बताइएको छ । डा. केसीले गत भदौ २९ गतेदेखि विभिन्न माग राख्दै जुम्लामा अनशन बस्नुभएको थियो ।

डा. केसीको मागलाई तत्काल पूरा गर्न भन्दै विगत केही दिनयता काठमाडौंलगायत विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *