कोरोना भाइरसलाई खाने सूक्ष्म जीव भेटाइएको वैज्ञानिकको दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोराात्र खटिए पनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वठा देशहरुमा पुगिसकेको छ ।

यसैबीच वैज्ञानिकले समुन्द्रमा एक यस्तो सूक्ष्म जीव फेला पारेका छन् कि, जसले कोरोना भाइरसलाई खाने गर्दछ । यो संसारकै पहिलो यस्तो जीव हो, जसले भाइरसलाई खाएर सक्छ ।वैज्ञानिकले यो कुराको पुष्टि केहि पटक जाँच गरेपछि मात्र बताएका छन् ।यो सूक्ष्म जीव स्पेनको क्याटालोनियाको नजिक म्यान खाडीमा पाइएको हो ।

साथै यो भूमध्यसागरमा पाइएको हो । यसलाई साइन्टिस्ट प्रोटिस्ट्स भनिएको छ । अध्ययनका क्रममा यसमा दुई प्रकारको समूह निस्किएको थियो ।यसलाई चोआनोजोन्स र पिकाजोन्स भनिन्छ । किनभने यसको डिएनएमा सामान्य फरक हुन्छ ।

बिग्लो लेबोरेट्री फर ओशन साइन्सेजकी शोधकर्ता र यस प्रेटिस्ट्स खोज्ने जूलिया ब्राउनले संसारमा रहेका कुनै जीव जन्तुको डीएनएबाट म्याच गर्दैन ।जुन भाइरसको कारण मानिस, पशु पंक्षी र रुखहरुबाट हैरान हुन्छन्, अब त्यस भाइरसलाई खाने जीव पाइएको छ ।यो रिपोर्ट जो फ्रन्टियर्स इन माइक्रोबायोलोजी नामक म्यागेजिनमा प्रकाशित भएको छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *