अमिर खानको छोरीले आफ्नो जिवनको बारेमा गरिन् यस्तो खुलासा (भिडियोसहित)

अभिनेता आमिर खानकी छोरी इरा खानले सामाजिक संजालमा एक भिडियो सार्वजनिक शेयर गरिन् । त्यो भिडियो हेरे पछि दर्शक हैरान र निराश छन्। भिडियोको माध्यमबाट आमिरकी छोरीले भनिरहेकी छिन् उनी निराश छन्। उनी विगत चार बर्षदेखि नै डिप्रेसनमा थिइन् । इराको यो भिडियो सोशल मीडियामा भाइरल भएको छ।

सँधै सक्रिय भूमिका खेल्ने इरा खानले आफ्नो कम्फर्टेट जोनबाट बाहिर यस पटक केहि फरक गर्न खोजेको बताएकी छन्। मानसिक स्वास्थ्य दिवसको अवसरमा, उनले आफ्नो जीवनको पीडा सारा दुनियासँग बाड्न चाहेको बताएकी छन्। उनले साहसका साथ आफुले भोगेको कुरा सार्वजनिक गरेकी छन् । भिडियोमा इरा भन्दै छ ( नमस्ते म डिप्रेशनमा छु। पछिल्लो चार बर्ष देखि। म डाक्टरलाई देखाउँदै छु।

म अहिले राम्रो फिल गरिरहेकी छु । लामो समयको लागि, म मानसिक स्वास्थ्यमा केहि गर्न चाहन्थें। तर म के गर्न सकिन । इराले भनिरहेकी छिन् कि उनी सबैलाई आफ्नो जीवनको यात्रामा लैजान चाहन्छु जहाँ म डिप्रेशनको बिरूद्ध लडिरहेकी छु। भिडियोको अन्त्यमा, उनले एउटा प्रश्न छोडिन् ( मसँग सबै छ भने म किन निराश छु ?

इरा खानको यस भिडियोलाई धेरै प्रतिक्रिया छन्। सबैले इराको साहसको प्रशंसा गरिरहेका छन्। तपाईको उदासिनताको बारेमा खुलेर कुरा गर्न सजिलो छैन। तर इराले आफ्नो बोरेमा निशंकुच बोलेर सबैलाई हौसला दिएको भन्दै प्रशंसा गरिएको हो ।

हेर्नुहाेस् भिडियाेः

Leave a Reply

Your email address will not be published. Required fields are marked *