काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार फ्रान्समा ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार फ्रान्समा अहिलेसम्म १७ लाख ९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।