विवाह गर्नुहोस नत्र स्वास्थ्यमा पर्छ यस्तो असर..

मानवीय सम्बन्ध र स्वास्थ्य एकअर्कासँग जोडिएका कुरा हुन् । बिहेपछि मानिस मोटाउने गरेको कुरा याद गर्नुभएको होला ।

तर विज्ञहरू यसलाई अस्वीकार गर्छन् । प्रत्येक सम्बन्ध र व्यक्तिको व्यक्तित्व फरक फरक हुन्छ । वैज्ञानिकहरूका अनुसार, सिंगल रहनुको आफ्नै फाइदा र नोक्सानी छ ।

हेल्थ साइकोलोजी पत्रिकामा छापिएको एक अध्ययनअनुसार, बिहेको चार वर्षमा अधिकांश जोडीको तौल बढ्न थाल्छ । यसको एक कारण भनेको बिहेपछि मानिसहरू बेफिक्री हुन्छन् र एकअर्कासँगै रमाएर बस्छन् ।

अस्ट्रेलियाको बडी इमेज नामक पत्रिकामा छापिएको अध्ययनअनुसार, महिलाहरू बिहेअघि स्लिम रहने दबा’बमा हुन्छन् भने बिहेको ६ महिनामा उनीहरूको तौल बढ्छ । अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसार, सिंगल साथीहरूको तुलनामा विवाहित पुरुष मोटा हुन्छन् ।

तर अमेरिकन कलेज अफ कार्डियोलोजीको एक अध्ययनअनुसार, विवाहित मानिसहरूको तुलनामा अविवाहित मानिसहरूलाई मुटुरोगको जो’खिम ५ प्रतिशत बढी हुन्छ । अध्ययनले डिभोर्स लिएका मानिसलाई पनि मुटुको ख’तरा बढी हुने देखाएको छ ।

तर कुनै पनि अध्ययनले विवाहित रहनु मुटुका लागि राम्रो हुन्छ भनी स्पष्ट पारेको छैन ।

टेक्सस विश्वविद्यालयले ९ हजारजनामा गरेको अध्ययनमा विवाहित र सिंगल मानिसमा मुटुरोगको जोखिममा खासै ठूलो अन्तर देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *