पल शाह र वर्षा राउतको अर्को धमाकेदार गीत ‘मेरी सोल्टीनी’को भिडियो बाहिरियो

काठमाडौं । गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत मेरी सोल्टीनीको भिडियो सार्वजनिक भए लगत्तै चर्चा सुरु भएको छ । ललितपुरको गोदावरीमा छायांकन गरिएको प्रेम रोमान्सले भरिएको फिल्मी शैलीको डान्सिगं गीतको भिडियोमा प्रेम रोमान्समा देखिने रमाइला पलहरुमा सुन्दरी नायिका वर्षा राउत र ह्याण्डसम हिरो पल शाहको लोभलाग्दो अभिनय रहेको छ । गीतमा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ ।

निर्देशक गम्भिर विष्टको निर्देशन रहेको गीतमा पल र वर्षाको अभिनयको चर्चा भएको छ । जसमा पल र वर्षाका अलावा सुरज श्रेष्ठ र शोम्या श्रेष्ठको अभिनय रहेको गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् । नबिन निरौलाको कलर र सम्पादन रहेको गीतको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । जसको निर्माण दुर्गा धिमाल (न्यौपाने) ले गरेकी हुन् ।

पहिलो प्रेमको झल्को दिने मेरी सोल्टीनीको भिडियो बजारमा ल्याएको बिके क्रियशनले माया प्रेममा आधारित हेरिरहुँ लाग्ने भिडियोहरु बजारमा ल्याईसकेको छ । भिडियो गीतकार न्यौपानेको आफ्नै च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत गीत), ‘अब यि अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) , लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *