नायिका पुजाकालागी पल लक्की, आकाश प्रेमी

काठमाण्डौ । लकडाउन चलिरहंदा चर्चामा रहेका छन् कलाकार पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठ । यिनीहरुले फिल्ममा काम गर्ने मजदुरहरुलाई राहत पनि वितरण गरेर मानवता देखाएसंगै यिनीहरुको चर्चाको कलाकारमा गनिएका पनि थिए । कलकारमा हुनु पर्ने सबै गुण यी तिनै कलाकारहरुमा रहेको छ ।

उसो त नायिका पुजा शर्माको नाम विशेषगरी नायक आकाश श्रेष्ठसंग जोडिएको हुन्छ । यी दुईको जोडीलाई दर्शकले मन पराएका पनि छन् । यिनीहरुबीचको प्रेम सम्बन्ध प्रष्ट देखिन्छ पनि तर नायिका पूजा र आकाशले भने खुलेर आफ्नो प्रेमको बारेमा केही बताएका भने छैनन् ।

दर्शकको प्रश्नमा भने नायिका पूजाले नायक पल शाहलाई आफ्नो लक्की हिरो पल भएको बताएकी छिन् । र आकाशको प्रसंगमा भने उनले आकाश आफ्नो प्रेमी भएको कुरा बताएकी छन् । नायिका पूजाको यस्तो जवाफलाई यी कुराहरुमा जोगिएर दर्शकको माया पाउनमा चलाख भएको हुनाले पनि यस्तो बताएको हुन सक्ने अनुमान गरिन्छ ।

हरेक फिल्ममा आफ्नो को एक्टरलाई लक्की, दयालु, प्रेमी, मेरो हिट जोडी बन्नु उनको निरन्तरको फण्डा नै हो । यसो त फिल्म ‘रामकहानी’ पछि आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रेम केही झाँगिएको जानकारहरु बताउँछन् ।

फिल्म सुटिङको क्रममा नजिक भएका यी जोडी वैबाहिक जीवनसम्म पुग्ने धेरैको आँकलन छ । जे होस् पुजाले अहिलेसम्म आईपुग्दा पललाई लक्की हिरोको रुपमा अघि सारेकी छिन् भने आकाशलाई आफ्नो प्रेमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *