जब भारतीले नेहाको उचाईको मजाक उडाईन….

भारती सिंह एकपटक पुनः कपिल शर्मा शोमा देखिएकी छिन् । उनले कपिल शोमा पुगेर गायिका नेहा कक्कडको मजाक उडाउन भ्याइन । कपिल शर्माको यो एपिसोड भारतीको गिरफ्तारी अघि सुट भएको थियो र उनको गिरफ्तारी भएको केही घण्टापछि प्रशारण भएको थियो । कार्यक्रममा भारतीले हिमेश रेश्मिया, विशाल ददलानीसमेत आदित्य नारायणको स्वागत गरिरहेकी थिइन् । जब उनले नेहा कक्कडबारे कुरा गर्दै उनी कहाँ छिन् भनेर सोधिन् र उनको उचाईको मजाक उडाइन् ।

उनले हिमेश, विशालसमेत आदित्यलाई सोधे, ‘तपाईं इन्डियन आइडलबाट आउनुभएको छ । उनी कहाँ छिन् ? नेहा कक्कड ?’ र नजिकै रहेको केरामा उनलाई खोजेको अभिनय गर्न थालिन् । आदित्य नारायणले भारतीलाई उनको भर्खरै विवाह भएको बताए । यसमा उनले टिप्पणी गर्दै भनिन्, ‘हो, मैले सोसल मिडियामा उनको कोठाको भिडियो हेरेकी थिएँ जसलाई फूलले सजाइएको थियो ।’

त्यसपछि उनले ठट्यौली पारामा भनिन्, ‘उनी आफ्नो श्रीमानसँग मिलेर मेरो र मेरा श्रीमान् हर्षको उद्घोषणको काम खोज्ने कोसिस गरिरहेकी छिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *