मंसिर १६ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ साल मार्गशीर्ष कृष्णपक्ष मंसिर १६ गते मंगलवार प्रतिपदा तिथि रोहिणी नक्षत्र चन्द्रमा वृष राशिमा ।

मेष राशि : काममा पदोन्नतीको सम्भावना देखिनुका साथै नयाँ काम पउन सकिन्छ । व्यपार व्यवसायमा भने सोचे अनुसार नहोला । घर तथा परिवारीक सुख भने प्रशस्त मिल्नेछ । अचानक धन लाभको समय छ ।

वृष राशि : भाग्यमा रोकिएको चिज प्राप्त हुनुका साथै तपाइलाई भाग्यले साथ दिनेछ । पिताजी सँगको सम्वन्धमा सुमधुरता छाउने छ । नयाँ भोजनको स्वादलिन पाउन सकिन्छ । सामान्य स्वाथ्य समस्यामा पर्न सकिन्छ ।

मिथुन राशि : चोटपटक लाग्न सक्छ लामो यात्रा भने नगर्नुहोला अन्यथा समस्यामा पर्न सक्नुहुन्छ । तर भाग्यमा रोकिएको चिज प्राप्त गर्न सक्ने समय छ । विदेश यात्राको सम्भावना पनि देखिन्छ ।

कर्कट राशि : दाम्पत्यजीवन राम्रो भएर जानुका साथै प्रेमलाई विवाहमा परिणत गर्न सक्ने समय छ । पाटनरमा गरेको काममा सफलता हात लाग्नुका साथै आर्थिक लाभको समय छ ।

सिंह राशि : शत्रु वृद्धि भएर जानुका साथै काममा वाधा आउने छ । स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने सम्भावना छ ।

कन्या राशि : विदेश जाने विचारमा हुनुहुन्छ भने उक्त कामलाई अगाडी बढाउनुहोला सफलता पाउनुहुनेछ । सन्तान सुखको साथै काममा प्रशंसा प्राप्त हुन सक्नेछ । आर्थिक वृद्धिको पनि सम्भावना छ ।

तुला राशि : चौपाया तथा सवारी साधनको सुखपाउन सक्ने समय छ तर आमाको स्वस्थ्यलाइ लिएर भने चिन्ता बढ्ने देखिन्छ । अरुको विश्वास गर्नु पूर्व धेरै सोच्नुहोला अन्यथा तनाव हुनेछ ।

वृश्चिक राशि : दाजुभाइ दिदीबहिनी सँगको सम्वन्धमा प्रगाढ छाउने छ भने तपाईको पराक्रम बढेर जानुका साथै अरुले तपाइको योगदानको उच्च मुल्यांकन गर्नेछन् । काममा पदोन्नतीको सम्भावना छ ।

धनु राशि : कुटुम्वसँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै बोलिमा मिठास थपिने छ । अचल सम्पतिको किनवेच हुन सक्छ । नयाँ कामको थालनी हुन सक्छ ।

मकर राशि : मान सम्मानमा वृद्धि हुनुको साथै आर्थिक लाभको पनि सम्भावना छ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ हुने समय छ । कतै यात्रा गर्ने अवसर प्राप्त होला ।

कुम्भ राशि : धन हानिको सम्भावना छ जोगिनुहोला । विदेश क्षेत्रवाट भने लाभको समय छ । विदेश जाने विचारमा हुनुहुन्छ भने जानलाइ प्रयास गर्दा राम्रो होला । घर,जग्गा जमिन पाउन सकिन्छ ।

मीन राशि : आर्थिक लाभको समय का साथै साथी भाइसँग मिलेर लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । नयाँ मान्छे सँगको भेटघाटले मन रमाउने छ । दाम्पत्य जीवनमा रमाइलो माहोल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *