`काठमाडौं,-हालै अभिनेत्री श्वेता खड्का र सुष्मा कार्कीको विषयले नेपाली सिने नगर खुबै गर्माएको छ । अभिनेत्री सुष्मा कार्की यहि कारण झनै चर्चामा आएकी छन् । श्वेता खड्काकी बहिनी आरती र युट्युबर उत्सव रसाइलीविरुद्ध आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी हालेकी उनी अन्र्तवार्तामा दिएका अभिव्यक्तिका कारण ट्रोलको सिकार बनेकी छन् ।

उक्त विवाद टुंगिसकेको छ। तर नेपाली टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’मा अन्तर्वार्ताका क्रममा सुष्माले श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको विवादस्पद भनाइ राखे पछि उनको चर्को आलोचना भएको छ ।

वास्तममा सुस्मा ३५ वर्षकी भइन् भने स्वेता ३२ वर्षकी भइन् । आफूभन्दा ३ वर्ष कान्छीलाई आन्टी र दिदी भनेपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।

यो पनि पढ्नुहोस्
आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् । सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो । विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढाँै, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।
यो पनि पढ्नुहोस्

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ ।

विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गर्नुभएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगरपालिकाले नेपालमै पहिलोपटक आयुर्वेदमा सो तहको पठनपाठन शुरुआत गराउन सफल भएको भन्दै पूर्वमन्त्री पोखरेलले आयुर्वेदको शिक्षालाई सबैले आधुनिक विज्ञानसँग जोड्न आग्रह गर्नुभयो ।

उहाँले पश्चिमी विज्ञानको पछि लाग्दा अहिलेका व्यक्तिले प्राचीन योग, ध्यान र आयुर्वेदलाई बिर्सिँदै गएको भन्दै प्राचीन विज्ञानलाई जीवन्त राख्न यस्तो शिक्षाको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको युगमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्न तथा दीर्घजीवी हुन योग, ध्यान र आयुर्वेदको विकल्प नरहेको बताउनुभयो ।