केही दिनअघि सार्वजनिक यातायातमा व्यक्तिगत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः ‘आप्पोई, तिम्लाई टिकटकबारे थाहै छैन त ? ढाँटेको होला !’

नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गु’माएको भाव व्यक्त गरिन्। त्यसपछि ती महिलाले टिकटकको बखान सुरु गरिन्।

‘टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडियो बनाउन पाइन्छ, हिरो हिरोइनले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइरल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिकटक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’

अर्की महिलाको अनुहार भने नि’न्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टिकटकबारे उनले थाहै पाएकी थिइनन्।
चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ। भारतमा लोकप्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एपमध्येमा पर्छ। फेसबुकपछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।

यो एप यतिबेला धेरै नेपालीको लकडाउनको साथी बनेको छ। साना बालबालिकादेखि वृद्धवृद्धा पनि टिकटकका अद्भुत इफेक्टमा रमिरहेका छन्। आफ्ना हिरो–हिरोइन, गायक–गायिका बन्ने सपना साकार पारिरहेका छन्।

टिकटकले पनि प्रयोगकर्ताको भाव बुझेरै दिनदिनै नयाँ इफेक्ट लञ्च गरिरहेको छ र प्रयोगकर्तालाई खुशी बाँडिरहेको छ। कतिसम्म भने केही प्रयोगकर्तामा भाइरल बन्ने नयाँ भोक पनि जगाएको छ। चर्चा कमाउन र भाइरल हुन केही प्रयोगकर्ता कम्मर कसेर लागिपरेका छन्।

मान्छेको नजरमा पर्न र भाइरल हुन प्रयोगकर्ताले केकस्ता वित’ण्डा र उद’ण्डता प्रदर्शन गर्छन् भन्ने उदाहरण हेरौँः

उदाहरण १

एउटी सुन्दरी कम्मर मर्काउँदै टाढाबाट आउँछिन्, र भन्छिन्, ‘दाजु ढा’ल दिनुस् त !’
ब्याकग्राउण्डमा केटोको मसिनो आवाज सुनिन्छ, ‘हजुर ?’

यताबाट तुरुन्तै सुन्दरीले जवाफ दिन्छिन्, ‘ढा’ल दिनुस् न भनेको ! चौतारीमा थ’काइ मा’रेको भए पो यो हरियालीको महत्व थाहा हुन्थ्यो त !’

संवाद सुन्दा त सामान्य नै छ तर प्रसंगसँगै शारीरिक हाउभाउले भिडियो विचित्रको अ’श्लील बन्न पुग्छ। मानिसहरु दोहो-याई–तेहो-याई भिडियो हेरेर हाँसिरहन्छन्। अझै कमेन्ट हेर्न मात्रै आको भन्नेहरुको लर्को पनि टन्नै हुन्छ त्यहाँ। यही संवाद भएको भिडियो मात्रै त्यहाँ सयौं छन्। त्यत्ति नै संख्यामा नयाँ हाउभाउसहित भिडियो ड्वेट पनि देखिन्छ।

उदाहरण २

एउटा केटो, फोनमा बोलिरहेको दृश्य देखिन्छ। उताबाट हेलोको आवाज आउँछ।
यताबाट सोधिन्छ, ‘को हो ?’
उताबाट जवाफ आउँछ, ‘म राम।’
यताबाट निकै निष्फिक्री आवाजमा भनिन्छ, ‘अँ भन् मु…।’
उताबाट चर्को स्वरमा बोल्छ, ‘म तेरो क्लाँस टिचर राम।’
केही समय मौनता छाउँछ अनि फेरि जिब्रो टोक्दै भनिन्छ, ‘अँ भन् न, मु…।’
यो संवादमा पनि हजारौं संख्यामा भिडियो बनेको टिकटकले देखाउँछ। संवाद एकै हुन्छ तर पात्र र परिवेश फरक हुन्छन्। यो संवादमा त कतिपय कलिला बालबालिकाले पनि भिडियो बनाएको देख्न सकिन्छ।

उदाहरण ३

एउटा केटो आउँछ र नेवारी टोनमा हाउभाउसहित बोल्न थाल्छ, ‘ट्यो, बाजेको सेकुवा भन्ने छ नि, धन्न ट्यो बाजेले सेकुवा बेचेर केरा बेचेन। नत्र ट्यो बाजेको ऊ हुन्थ्यो यार, कस्लाई खानुछ ट्येस्को केरा ?’
यसमा पनि संवाद झट्ट सुन्दा उति साह्रो अ’श्लील लाग्दैन तर भिडियो र हाउभाउले निकै भ’द्दा सुनिन्छ। टिकटकले देखाएअनुसार, यो संवादमा पनि ६ सयभन्दा धेरै भिडियो बनेका छन्।

उदाहरण ४

एउटा केटोको आवाजमा भिडियो बन्छ। दर्शकतर्फ हेर्दै भनिएको हुन्छ, ‘खै के भएको हो, कमेडी सो हेर्दा पनि आजकाल हाँसो उठ्दैन। बिहेपछि पनि उठेन भने त टेन्सन हुन्छ नि ! यो संवादसँगै साथमा रुञ्चेहाँसो भावभङ्गिमा र म्युजिक इफेक्ट पनि सुनिन्छ।

यो संवादमा पनि टिकटकले देखाएअनुसार सात सयभन्दा धेरै भिडियो बनिसकेको छ।
यी त भए लेख्न र सुनाउन मिल्ने खालका संवादका कुरा। एउटा शब्दको अर्को अर्थ लाग्ने अभिनय त कत्ति देखिन्छ, लेखाजोखा नै छैन। त्यसमाथि केटाहरुले अजिबको मेकअप गरेर भिडियो बनाउने अनि केटीहरुले ह्वा’ङ्ग र पारद’र्शी लुगा लगाएर भिडियो बनाउने चलन पनि टन्नै छ।

न’ग्न र अ’स्लिल भिडियोमा धेरै इंगेज
कसको भिडियो देखाउने, कसको नदेखाउने जस्ता कुरा टिकटककै हातमा हुन्छ। भारतमा टिकटक प्र’तिबन्ध लगाइएपछि नेपाली टिकटकर्सका भिडियोमा तुलनात्मक रुपमा नौटंकी देखाएको भिडियो र अ’श्लील ह’र्कतका सामग्रीमा धेरै मानिसहरु इंगेज गराएको देखिन्छ।

टिकटक प्रयोगकर्ता कलंकीकी सुस्मिता केसी भन्छिन्, ‘टिकटकमा भाइरल हुने हो भने ओभर मेकअप गरेको, छोटा लुगा लगाएको या दोहोरो अर्थ लाग्ने खालको डाइलग बोल्नुपर्छ, धेरै मानिस भएठाउँ पु-याउँछ।’

उनको निजी अनुभव छ, ‘मैले एउटा आँखा र ओठ मात्रै देखाएर भिडियो बनाएकी थिएँ। ओठ अलि से’क्सी पाराले टो’क्देको मात्रै के थिएँ, अहिलेसम्मकै धेरै भ्युज त्यसैले पाएको छ।’

टिकटकमा निकै सक्रिय कलाकार किरण केसीले पनि यही कुरालाई जोड दिँदै भने, ‘मेरो एउटा डाइलग निकै हिट भएको थियो। त्यसमा मैले गीतमार्फत, मायाँको बारीमा जोतेर बिउ हाल्ने धोको छ टाइपको भनाइ राखेको थिएँ। धेरैले त्यसमा थरीथरीका अभिनय गरेका छन् र ती निकै अ’श्लील छन्।’

किन त्यस्तो अ’श्लील कुरा बोलेको त भन्ने प्रश्नमा उनले भने, ‘मैले त कला प्रयोग गरेको नि ! कला र अ’श्लीलतामा त फरक छ नि !’

दिनमा ६ देखि १० ओटासम्म भिडियो बनाएर पोस्ट गर्ने उनका यस्तै दुईअर्थी बोलका संवाद हिट हुने, राम्रो र सभ्य खालका कुरामा भ्युज नै नआउने अनुभव छ।

बालबालिकाको दिमागमा नराम्रो असर
उमेर पुगेकाले त मनोरञ्जनका लागि यी सबै हेर्छन्, गर्छन् भन्ने मान्न सकिन्छ तर हातहातमा भएको यो मोबाइलमा टिकटकको लत भने बालबालिकालाई बढी छ।

साइबर विशेषज्ञ बाबुराम अर्याल टिकटकले बालबालिकाको दिमागमा निकै नराम्रो असर पारिरहेको बताउँछन्। उनले भने, ‘हामी भ्युज र लाइकको चक्करमा बालबालिकालाई टिकटकमा भुलाइरहेका छौं। त्यहाँ फिल्टर नगरेरै सामग्रीहरु आउँछन्। एडल्ट सामग्री कलिला मस्तिष्कमा पर्दा त्यसले उनीहरुको दिमागमा नकारात्मक असर गर्दछ। तर बाबुआमाहरु यसतर्फ सतर्क नहुँदा भविष्यमा यसले निकै नराम्रो असर पार्ने देखिदैछ।’

विज्ञहरुका अनुसार छोटा भिडियोका कारण बालबालिकाहरुमा अधैर्य निकै बढाएको छ। हिजोआज कुनै कुरामा पनि धैर्य नहुनुमा प्रविधिको यस्ता कुलतले निकै ठूलो भूमिका खेलिरहेको अर्यालको अनुभव छ।

अधैर्य बढने
अर्याल भन्छन्, ‘मनोरञ्जनका लागि पहिले किताब पढिन्थ्यो। पढिसिध्याउन कयौँ समय लाग्थ्यो। त्यसपछि फिल्महरु आए, त्यहाँ केही घण्टाको समय लाग्न थाल्यो। बिस्तारै युट्युब आयो, मनोरञ्जनको समय केही मिनेटमा समय झ¥यो। सामाजिक सञ्जाल फेसबुकले मनोरञ्जनको समयलाई एक मिनेटमा झा-यो। यतिबेला टिकटकले केही सेकेण्डमा झारेको छ। यसले हामीलाई हरेक १० सेकेण्डमा नयाँ मनोरञ्जनको बानी पारिदिएको छ।’

टिकटकजस्ता सामाजिक सञ्जालले धैर्य धारण गर्ने र अरुका कुरा सुन्ने कुरामा क्षति पु¥याइरहेको छ। विश्वप्रसिद्ध टाइम म्यागेजिनले सन् २०१५ गरेको एक सर्भेक्षणमा टिकटकका कारण हामी गोल्ड फिस जत्तिको धैर्य पनि गर्न नसक्ने बनिरहेको बताएको थियो। यो मानिसको मानसिक स्वास्थ्यका लागि निकै हानिकारक छ।

लत लगाउने
टिकटकले मानिसलाई निस्क्रिय बनाइदिन्छ। अर्यालले भने, ‘हामी आफ्ना लागि कन्टेन्ट खोज्ने हैन कि टिकटकले हामीलाई कन्टेन्ट अगाडि ल्याइदिन्छ। अन्य सामाजिक सञ्जालमा हामी खोज्नपर्नेसम्मको हुन्छ तर टिकटक आफैँले कन्टेन्टमा राखेको रुचिअनुसार देखाइदिन्छ। यसले मानिसलाई रोबोटजस्तो बनाइदिन्छ। हरेक पन्ध्र सेकेण्डमा एक स्क्रोल गर्नेबित्तिकै नयाँ कन्टेन्ट हेर्न पाइन्छ। जब सबै कुरा सजिलै पाइन्छ भने हामी त्यसको लती बन्छौँ।’

त्यसले भर्खरै मोबाइल चलाउन जानेको बच्चामा पनि सजिलै लत बस्नसक्छ र ऊ नयाँ कन्टेन्टका लागि हरेक पन्ध्र सेकेन्डमा स्क्रोल गर्न थाल्छ। राम्रो र सुन्नैपर्ने कुरामा ऊ अडिन सक्तैन। खोज्ने जाँगर पनि चलाउँदैन। यसले यस्ता बालबालिका धेरै कुरामा पछि पर्ने सम्भावना हुने अर्यालको धारणा छ।

यसलाई हामी क्यासिनो मेसिनसँग पनि तुलना गर्न सक्छौँ भन्दै अर्यालले थपे, ‘एकपल्ट क्लिक ग-यो, तीन ओटै एकै नम्बर लागे लागिहाल्यो, नलागे फेरि अर्कोपल्ट कोसिस गर्न सुरु गरिहाल्छौँ र लतमा फस्छौं।’

मा’नसिक थ’कान

टिकटकले मा’नसिक रुपमा थ’कान दिने पनि अर्याल बताउँछन्। उनले भने, ‘हामी टिकटकमा जति समय पनि बिताउन सक्छौं तर जब समय ढल्किन्छ, बेकारमा मैले समय खेर फालेँ भन्ने मनमा एक किसिमको अ’पराधबोध हुन्छ। आफ्ना महत्वपूर्ण काम थाँति राखेर चलाएको टिकटकले क्षणिक मनोरञ्जन त दिन्छ तर मा’नसिक रुपमा भने निकै नराम्रो असर पार्ने उनको भनाइ छ।

टिकटकका धेरै समस्या भए पनि मूलतः यसले लामो समयसम्म दिमागमा असर परिराख्ने अर्याल बताउँछन्। बालबालिका रि’साहा हुने, अधैर्य हुने र आ’वेशमा आएर जस्तोसुकै अप’राधमा संलग्न हुनसक्ने उनको भनाइ छ।

चीनमा चल्दैन टिकटक

चीनले बनाएको प्रख्यात एप भए पनि यो चीनमा नै चल्दैन। बालबालिका तथा ग’र्भवती महिलाका भिडियो बनाएको र अ’श्लीलता फैलाएको आ’रोपमा चीनमा यो प्र’तिबन्धित छ। बरु चीनका लागि टिकटकजस्तै छुट्टै एप दोउयिन चल्तीमा छ। टिकटक निर्माता कम्पनी बाइट डान्सले नै दोउयिन पनि बनाएको हो।

यसैगरी चीनसँगै भारत, अमेरिका र इण्डोनेसियामा पनि टिकटकलाई प्र’तिबन्ध लगाइएको छ। इण्डोनेसियामा अ’श्लीलता फैलाएको र बालबालिकाको मस्तिस्कमा नराम्रो असर गरेको भन्दै टिकटक ब्याण्ड गरिएको हो भने भारत र अमेरिकामा राष्ट्रिय सुरक्षामाथि खत’रा रहेको भन्दै प्र’तिबन्ध लगाइएको हो।

त्यसो त टिकटकको बेफाइदा मात्रै हैन, फाइदा पनि रहेको जुम्ल्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी बताउँछन्। टिकटकले गर्दा नै उनीहरुले अभिनय र मोडलिङ क्षेत्रमा प्रवेश पाएको भन्दै प्रिस्माले भनिन्, ‘टिकटक नभएको भए, आज सम्पूर्ण नेपालीहरुले हामीलाई चिन्थेनन् अनि हामीले कला क्षेत्रमा पाइला सार्न पनि पाउँथेनौं होला।’

तर यस्तो अवसर पाउने भने निकै कम छन्। सबैभन्दा ठूलो कुरा चाहिँ यसबाट फैलिने अ’श्लीलता र कु’प्रभावको अहिलेसम्म नेपालमा कुनै छलफल, अध्ययन भएको छैन र यो सबैभन्दा ख’तरनाक कुरा भएको अर्याल बताउँछन्।