महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिसक्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ । तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । उनै महानायकको व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले चर्चा बटुलिरहेको छ । महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।

 

जहा उनि श्रीमतीसँग वाईन खादैँ रोमान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन । केहि समयअघि बाहिरीएको उक्त भिडियोमा राजेश र मधु आफ्नो व्यक्तिगत समय बिताइरहेका छन् । वाईन खादैँ मस्ति गरेको भिडियो राजेश हमाल आफैँले सार्वजनिक गरेपछि बुढेसकालको मायामा रमाइलो भन्दै धेरैले ठट्यौलि कमेन्ट गरेका छन् । जे होस्, बुढेसकालमै विवाह गरेपनि महानायकको दाम्पत्य जिवन सुखद र रमाइलो देखिन्छ । महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रोमान्टिक सिनहरु दिएका छन् ।

 

वास्तवित जीवनमा चाहिँ उनी कति रोमान्टिक होलान् ? विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए । हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् । पहिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरकफरक स्वाभाव देखियो । हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए । मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले राजेशलाई आफ्नो आदर्श बताइन् । तर, उनका केही स्वभावप्रति गुनासो पनि गरिन् । हरेक पत्नीहरुले चाहन्छन् आफ्नो जन्मदिनलाई पतिले विशेषरुपमा लेओस् । पतिलाई ‘आज मेरो जन्मदिन हो है’ भनेर सम्झाउनुपर्दा उनलाई पक्कै पनि खुशी लाग्दैन । तर, मधुको जन्मदिन कहिले हो भन्नेसम्म हमाललाई थाहा रहेनछ ।

कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले दुबैलाई एकअर्काको विषयमा ५/५ प्रश्न सोधेकी थिइन् । जसमा मधुले ५ मध्ये ४ प्रश्नको सही उत्तर दिइन् । राजेशले चाहिँ ५ मध्ये २ प्रश्नको गलत उत्तर दिए भने एउटा कागतालीमा मिलाए । माल्भिकाले ‘मधुजीको जन्मदिन कहिले हो ?’ भन्ने प्रश्न हमाललाई सोध्नासाथ मधुले भनिन्, ‘यो पक्कै उहाँलाई थाहा छैन ।’ नभन्दै हमालले भन्न सकेनन् । निकैबेर घोत्लिएर भने, ‘आई थिंक नोभेम्बरमा हुनुपर्छ । ७ तारिख हो कि ?’ मधुले भनिन्, ‘अहँ होइन ।’ तर, श्रीमानले आफ्नो जन्मदिन बताउन नसक्दा मधुले चित्त चाहिँ दुखाइनन् । ‘उहाँलाई यस्ता कुरा थाहै हुँदैन’ भनेर बचाऊ गरिदिइन् ।

 

सो कार्यक्रममा राजेश हमालले मधुभन्दा अगाडि आफ्ना धेरै विदेशी महिलासँग अफेयर रहेको गर्वसाथ बताए । ‘नायिकाहरुसँग त मेरो भएन । तर, विदेशीहरुसँग भयो । उनीहरुसँगको सम्वन्ध बिहे गर्नका लागि थिएन । तर, मैले पहिले अफेयर गरेका केटीहरुभन्दा मधु एकदम सोझी थिइन् । उनीसँग सम्वन्ध राखेपछि बिहे नै गर्नुपर्ने हुन्थ्यो,’ हमालले सुनाए । मधुले थपिन्, ‘म त अहिले पनि सोझी नै छु । उहाँले आफ्नो विगतका सम्वन्धबारे मलाई भन्नुभएको छ ।’ हरेक महिलाहरु आफ्नो श्रीमानबाट प्रशंसाका शब्द सुन्न आतुर हुन्छन् । यसमा पनि मधु अभागी देखिइन् । पतिले कहिल्यै मुख खोलेर प्रशंसा नगरेको उनले बताइन् । र, हमालले पनि यो स्वीकारे । ‘मेरो स्वाभाव नै त्यस्तो छैन । मेरो व्यवहारबाटै माया व्यक्त हुन्छ । मेरो आँखाबाटै व्यक्त हुन्छ । मुखले भनिरहनुपर्छ जस्तो लाग्दैन,’ हमालले भने । त्यसपछि मधुले भनिन्, ‘तर कम्प्टमेन्ट सुन्न त कसलाई मन लाग्दैन र ? म सँधै तपाईंको आँखामा हेरेर बस्न पनि त भ्याउँदिनँ । कहिलेकाहीँ त प्रशंसा गरिदिए हुन्थ्यो भन्ने लागिहाल्छ ।’ राजेशले आफूलाई कहिल्यै मुख खोलेर ‘आई लभ यू’ नभनेको समेत मधुले सुनाइन् । भिडियो तल

 

‘मैले आई लभ यू भनिरहनु पर्छ र ?’ राजेश भन्दै थिए । मधुले भनिन्, ‘हजुरको मुखबाट यो शब्द पहिलोचोटि सुन्दैछु ।’ उनीहरुलाई एकअर्कासँग बिताएको सबैभन्दा मीठो पलका बारेमा सोधियो । मधुले राजेशसँग लामो यात्रा गरेका क्षणहरु आफ्नो लागि अविस्मरणीय रहेको बताइन् । ‘घरबाहिर घुम्दा उहाँको अर्कै व्यक्तित्व देख्छु । निकै बिन्दास बन्नु हुन्छ । त्यो व्यक्तित्व मलाई मन पर्छ । कहिल्यै यो यात्रा नटुंगियोस जस्तो लाग्छ,’ मधुले भनिन् । राजेशले भने मधुसँगको मीठो पलबारे सोध्दा कुनै क्षण उल्लेख गर्न सकेनन् । बरु भने, ‘मलाई पनि घुम्न मन पर्छ । म पहिलेदेखि नै विदेश घुमिरहेको मान्छे हुँ । खासगरी थाइल्यान्ड मन पर्छ ।’ राजेशले आफ्नी पत्नीलाई समय चाहिँ कत्तिको दिन्छन् त ? यो प्रश्नमा मधुले भनिज्, ‘उहाँ धेरै विजी होइसिन्छ । प्राय ट्राभलमै हुनुहुन्छ । तर, फुर्सदको समयचाहिँ मसित नै बिताउनुहुन्छ । त्यसैले मेरो कुनै गुनासो छैन ।’ कार्यक्रमको अन्त्यमा राजेशलाई पत्नीको हात समातेर केही रोमान्टिक शब्दहरु भन्न लगाइन् माल्भिकाले । तर, राजेशले मन गरेन् ।

 

‘यस्तो कुरा मलाई मन पर्दैन । मैले धेरै फिल्महरुमा रोमान्टिक डाइलग बोलेको छु । त्यसैले एक्टिङ गरेको जस्तै लाग्छ,’ उनले भने । तर, माल्भिकाले कर गरेपछि उनले पत्नीको हात समाते । मधुले निकै लजाएर हात दिइन् । तर, हमालले रोमान्टिक संवाद बोल्नुको साटो उटपट्याङ गीत गाउन थाले । आफ्नो मन पर्ने गीत भन्दै उनले गाएको गीत थियो: तिम्रो माया लाग्छ है साइँली सम्झन्छु छिनछिन, तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन, आज त मैले भातै र खाएँ तिहुन गाभाको, तिमीले माया के लाउँथ्यौ साइली मजस्तो जाभाको, सेतो र चोली रातो र चोली उनैले सिएको, यो गीत मैले गाएको होइन सम्झाइदिएको । यहि गीतमा रमाइलो गरेको भिडियो महानायकले सार्वजनिक गरेका थिए । ‘तर, म त साइँली होइन, जेठी भनेको भए हुन्थ्यो,’ मधु भन्दै थिइन् ।