रोहित शेट्टीले किने लम्बोर्गिनी कार, मुल्य सुनेर उड्नेछ तपाईको होश!

शानदार फिल्म सिंघम र सिम्बाको निर्माता रोहित शेट्टीको घरमा नयाँ पाहुना थपिएको छ । रोहितले एक गाडी किनेका छन् । रोहित शेट्टिले हालै ३ करोडको पहेलो रङको लम्बोर्गिनी यूरस किनेका छन् । यो कार कमै मान्छेले मात्र किन्छन् । रोहित शेट्टीले हालै यस कारको मुम्बईको डिलरबाट डेलिभरी गरेका छन् । यस नयाँ गाडी लम्बोर्गिनी युरस (Lamborghini Urus)भएको तस्विर रोहितले इन्स्टाग्राममा शेयर गरेका छन्।

यस गाडीमा ८ सिलिन्डर हुन्छ र यसको अधिकतम स्पीड ३०५ किलोमीटर प्रति घण्टा रहेको छ । यो गाडी जिरो देखि १०० को स्पीडमा मात्र ३.६ सेकेन्डमा पुग्न सक्छ। यस गाडीमा एक पटकमा ८५ लिटर तेल भरिन्छ । यसमा ४.० लिटर ट्विन टर्बो भी एट इन्जिन लगाईएको छ ।

सिंघम र सिम्बापछि रोहित अब सूर्यवंशी लिएर आउदै छन्। यस फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा हुनेछन् । रोहितलाई कारको शोख निकै रहेको छ। आफ्नो हरेक फिल्ममा रोहित शेट्टी कारले कैयौँ एक्शन सीन बनाउछन्। उनीसँग कैयौँ गाडी छ जुनमा फोर्ड मस्टंग र रेंज रोवर स्पोर्ट्स जस्ता गाडी पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *