गगन थापा ताते काठमाडौं सुधार्न, भोलि बिहान ८ बजेका लागि विशेष निम्तो ! (भिडियोसहित)

काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा काठमाडौंको अस्तव्यस्ततालाई सुधार्न तातेका छन् ।उनले काठमाडौंमा रहेका खाली ठाउँलाई खुलाउन बनाउने अभियानलाई अगाडि बढाउन भोलि शनिबार बिहान काठमाडौंको टुँडिखेलमा भेला हुन सबैलाई सार्वजनिक आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको भिडियोसँगै लेखेका छन्, ‘हिजो गरेको गल्ती सच्याऊ र काठमाडौंलाई बस्न योग्य सहर बनाऔं । खुला ठाउँ हाम्रो लागि मात्र होइन आउँदो पुस्ताका लागि पनि हो, टुँडिखेल खुला राखौं । म त भोलि टुँडिखेल जाँदैछु, तपाईं नि ?’

टुँडिखेलमा सर्वसाधारणका लागि प्रवेश निषेध गरिएकाले त्यस आसपासका सडकमा धेरै भीडभाड हुने गरेको छ । काठमाडौंका खुला ठाउँलाई विभिन्न बहानामा कब्जा गरेर राखिएको छ । काठमाडौंका सार्वजनिक खाली ठाउँलाई खुला राख्ने अभियानमा सहभागी हुन नेता थापाले आह्वान गरेका हुन् ।

#OccupyTundikhel

हिजो गरेको गल्ती सच्याऊ र काठमाडौँलाई बस्न योग्य सहर बनाऔँ।खुला ठाउँ हाम्रो लागि मात्र होइन आउँदो पुस्ताका लागि पनि हो,टुँडिखेल खुला राखौँ। म त भोलि टुँडिखेल जादैछु,तपाईँ नि ? #OccupyTundikhel

تم النشر بواسطة ‏‎Gagan Thapa‎‏ في الجمعة، ٨ نوفمبر ٢٠١٩

सुन्नुस् गगन थापाले गरेको आह्वानको भिडियो –
mediadabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *