पूर्व मन्त्री तथा व्यापारी रुप ज्योति र छोरी सुरुचीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले व्यापारी एवं पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न अनुमति दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाण्डौलाई अनुमति दिइएको हो ।

उनीहरु शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुलाई हाउजिङका नाममा विभिन्न व्यक्तिसँग १ करोड ३६ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ ।

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बाेलायाे
भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्बन्धमा छलफल गर्न संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आउँदाे सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल-भारतबीच कालापानीका सम्बन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *